सुचना, समाचार र मनोरन्जन

प्रहरी हवल्दार सहित दुईजनालाई छुरा हानेर भागे उमेश

धनगढी :

श्रीमती कुटेको आरोपमा पक्राउ गर्न आएका प्रहरीलाई छुरा हानिएको छ। दार्चुलामा श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी पछि आरोपीलाई पक्रन गएका प्रहरीलाई छुरा प्रहार भएको हो। छुरा प्रहार गरि महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवर भागेका छन्।

Chaka Panja

प्रहरीका अनुसार चक्कु प्रहारबाट प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका छन् । जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको छ । उनीहरू दुवैको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिएका छन् ।

घाइते दुवै प्रहरी सामुदायिक प्रहरी बाङ्गाबगरमा कार्यरत हुन् । प्रहरीका अनुसार उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणमा लिन पुगेका बेला चक्कु प्रहार गरिएको हो । चक्कु प्रहार गरेर कुँवर फरार भएका छन् । उनको खोजी भइरहेको छ।

Leave A Reply

Your email address will not be published.