काठमाडौं :
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ रिहार नजिक यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका–१ का भीमनाथ योगी र मधुवन नगरपालिका–२ अमरपुरका युवराज चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बस बर्दियाबाट काठमाडौं आउँदै गरेको थियो । बस दुर्घटनाको कारण खुलेको छैन ।