सुचना, समाचार र मनोरन्जन

अमेरिका पुगेका दुई भैरव मूर्ति ३० वर्षपछि नेपाल फर्किए 

काठमाडौं :

दोलखाका दुई भैरव मूर्ति चोरी भएर अमेरिका पुगेको ३० वर्षपछि नेपाल फिर्ता भएका छन्। तीन दशकपछि यी दुई भैरव नेपाल फर्काइएको हो। यि दुवै मुर्ती आज नेपाल आइपुग्दैछन्।

दोलखाका यी दुई भैरवका संरक्षणकर्ता एवं पुजारी हुन् यज्ञकुमार प्रधानका अनुसार यी मूर्ति ‘नकछें प्रधान’ परिवारलाई अंशबन्डाको भागमा रूपमा परेको थियो । तर कसरी अमेरिका पुग्यो उनीहरु अनविज्ञ छन्। एउटा भैरवको मूर्ति २०५० सालमा चोरी भयो। मूर्ति हराएपछि यज्ञकुमारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।
Leave A Reply

Your email address will not be published.