सुचना, समाचार र मनोरन्जन

माओवादीका पूर्वलडाकु कमाण्डर पक्राउ परेपछि बाबुराम भट्टराईको आपत्ति

काठमाडौं /

माओवादी जनयुद्धका पूर्वलडाकु कमाण्डर जीतमान पुन ‘मार्शल’ पक्राउ परेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आपत्ति जनाएका छन्।

गत माघ ७ गते नै उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ। पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उनको पक्राउ प्रति आपत्ति जनाएका हुन्।

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ {पूर्वी रूकुम} लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ’, उनले भनेका छन, ‘हामी यो घटनाको तीब्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसंग जोडदार माग गर्दछौं।’

हामी यो घटनाको तीव्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं,’ भट्टराईले बुधबार सामाजिक सञ्जाल एक्समा लेखेका थिए।

प्रहरीले भने पुनलाई ‘जनयुद्धकालीन’ मुद्दामा नभई लागुऔषध मुद्दामा पक्राउ गरिएको बताएको छ।

Leave A Reply

Your email address will not be published.