सुचना, समाचार र मनोरन्जन

आहा रारा गोल्डकप: मछिन्द्रलाई पराजित गर्दै जावलाखेल क्वाटरफाइनलमा

एक दशकपछि आहारारामा फर्किएको जावलाखेलले पोखरा रंगशालामा भएको खेलमा मछिन्द्रलाई १–० ले पराजित गरेको हो ।

पोखरा /

मछिन्द्र फुटबल क्लब आहा रारा गोल्डकपबाट बाहिरिएको छ । एक दशकपछि आहारारामा फर्किएको जावलाखेलले पोखरा रंगशालामा भएको खेलमा मछिन्द्रलाई १–० ले पराजित गरेको हो ।

मछिन्द्रको कप्तानी सम्हालेका विशाल श्रेष्ठले गरेको गल्तीले नै टिम पराजित हुन पुग्यो । पोखरा रंगशालमा जावलाखेललाई जित दिलाउन हिसुव थपलियाले गोल गरे । हिसुवले खेलको ३८ औं मिनेटमा गरेको गोल नै जावलाखेललाई जित दिलाउन प्रयाप्त बन्यो ।

पहिलो हाफमा केही कमजोर बनेको मच्छिन्द्रले दोस्रो हाफमा पनि पुनरागमन गर्न सकेन । दोस्रो हाफको अधिकांश समय जावलाखेललाई दबाबमा राखे पनि गोल गर्न नसक्दा मछिन्द्र नजिता उल्ट्याउन भने असफल रह्यो ।

जावलाखेलले अब क्वाटरफाइनलमा मनाङसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave A Reply

Your email address will not be published.