सुचना, समाचार र मनोरन्जन

राष्ट्रियसभा निर्वाचन: गण्डकी प्रदेशबाट काङ्ग्रेसका किरण विजयी

पोखरा /

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनबाट उनले ३ हजार ८ सय ८ मतभार पाएर विजयी भएका हुन् ।

श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाले मत दिएका थिए । विपक्षी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए ।

उनलाई स्थानीय तहतर्फ ६९ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । अन्य कोटामा गठबन्धनको स्थानीय तहतर्फ १ जनाले मत क्रस गरेका छन् ।

Leave A Reply

Your email address will not be published.