सुचना, समाचार र मनोरन्जन

फिल्म ‘राम नाम सत्य’को घोषणा

काठमाडौ :

म्युजिक भिडियोका सफल निर्देशक माइल चन्दले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन्। माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा नयाँ फिल्मको घोषणा गर्दै उनले फिल्म निर्देशनमा हात हालेका हुन्।

माइकलले निर्देशन गर्न लागेको डेब्यू फिल्मको नाम ‘राम नाम सत्य’ राखिएको छ । फिल्मको कथा पनि स्वयंम चन्दले नै लेखेका हुन्। फिल्ममा प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवालको लगानी रहने पक्का भएको छ। यो फिल्मको सार्वजनिक थिम पोष्टरमा एउटा ठूलो घन्टी र बञ्चरोलाई देखाइएको छ । साथमा, आकृतीमा एक पुरुष दौडिरहेको देख्न सकिन्छ ।

डार्क शैलीमा तयार पारिएको पोष्टरले फिल्मको बारेमा धेरै कुरा बोल्न खोजेको छ । फिल्मको नाम अनुसार, यसले बदलाको कथा भन्न खोजेको देखिन्छ । यो फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भएको छ । अहिले फिल्मको कथा लेखन र संगीतको काम भइरहेको निर्देशक चन्दले बताए ।

उनले भने–‘फिल्म निर्देशन गरेर यो क्षेत्रलाई केही योगदान गरौं भन्ने सोच मेरो पहिलेदेखि नै थियो। साथमा, अहिलेको समसामयिक बिषयवस्तुमा केही फरक कथा भन्नुपर्छ भन्ने पनि लागेको थियो । यसैले, फिल्म निर्देशन आरम्भ गर्न लागेको हुँ ।’

दर्जनौ म्युजिक भिडियो बनाएका चन्दले यो फिल्मलाई आउँदो बर्षबाट छायांकनमा लैजाने बताएका छन् । फिल्मका लागि कलाकारको छनोट प्रक्रिया अगाडि बढिसकेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.