सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको चालु आर्थिक वर्षको ६ महिनामा २५ करोड ७६ लाख नोक्सानी

काठमाडौं :

माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ३५ करोड रुपैयाँको बिजुली बिक्री गर्दा पनि रिनमा डुबेको छ। कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको विद्युत् बिक्री हुँदा पनि ६ महिनामा कम्पनी २५ करोड ७६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको हो। कम्पनीको वित्तीय लागतसँगै अन्य खर्चहरु उच्च हुँदा नोक्सानी यति देखिएको हो । ६ महिनामा कम्पनीको वित्तीय लागत मात्रै ३ अर्ब ४२ करोड रुपैयाँ छ।

IVF Big

कम्पनीका अनुसार मूल्यह्रास, रोयल्टी खर्च, प्रशासनिक तथा आयोजना खर्च पनि उच्च हुँदा कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो। गत वर्षको यसै अवधिको तुलनामा ७.४ प्रतिशत बढी हो। गत वर्ष यस अवधिमा विद्युत् बिक्री आम्दानी ४ अर्ब ९८ करोड थियो । यति धेरै रकमको बिजुली बिक्री गर्दा पनि कम्पनी भने नोक्सानीमा गएको छ।

चालु आर्थिक वर्षको गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनी ८२ करोड ४८ लाख रुपैयाँ नोक्सानीमा थियो ।कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३२ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ जम्मा ६१ रुपैयाँ छ । कम्पनीको दीर्घकालीन ऋण मात्रै ७२ अर्ब ७७ करोड रुपैयाँ रहेकाले सोको ब्याज तथा साँवा भुक्तानीवापत हुने वित्तीय खर्च रकम उच्च छ ।

Leave A Reply

Your email address will not be published.