सुचना, समाचार र मनोरन्जन

मनिषा कोइरालाको दिनचर्या : जिमसँगै विश्व भ्रमणको पनि आनन्द लिन्छु

काठमाडौं :

अभिनेत्री मनीषा कोइराला पछिल्लो समय आफ्ना शुभचिन्तकसँग कुराकानी गरिरहन रुचाउछिन्। केहि दिन अघि हिमानी शाहसँगको अन्तरंग कुराकानी गरेर चर्चा चर्चा बटुलेकी कोइरालाले अन्तरक्रियामा आफू हाल ‘आफैंलाई समय दिइरहेको’ उल्लेख गरेकी छन् ।

Gandarbha

उनी लेख्छिन्,‘धेरै मानिस मलाई तपाईं के गर्दै हुनुहुन्छ ? भनेर सोध्छन् । तर, कहिलेकाहीँ यस्तो लाग्छ कि ५३ वर्षको उमेरमा मलाई फ्यानहरूले अब धेरै बढी काम गर्न सकिँदैन भनेर सोधेजस्तो लाग्छ ।’

उनको यो भनाईले उनका फ्यानहरु उत्साहित बनेको देखिन्छ। उनले पछिल्लो समय फिल्ममा काम नगरेको र घर पालुवा जनावरसँग र किताब पढेर समय बिताउन थालेको उल्लेख गरेकी छन्

उनी थप लेख्छिन्,‘कहिले कहिले केही गर्दिन, आफ्ना कुकुर र बिरालोका साथ समय बिताउनुका अलावा किताब पढ्ने, संगीत सुन्ने र आध्यात्मिकतालाई समय दिएकी छु । जिमसँगै विश्व भ्रमणको पनि आनन्द लिन्छु ।’

Leave A Reply

Your email address will not be published.