सुचना, समाचार र मनोरन्जन
Sarangi

छोराको आमाबाबु भए अनुष्का शर्मा र क्रिकेटर विराट कोहली

मुम्बई :

बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले दोस्रो सन्तानलाई जन्म दिएका छन्। उनीहरुले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएका हुन्। मंगलबार साँझ अनुष्काले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत छोरा अकायको जन्म भएको जानकारी दिएकी छन्।
उनले इन्स्टाग्राममार्फत फेब्रुअरी १५ मा आफुले छोरालाई जन्माएको खुलासा गरेकी छन्।

उनले लेखेकी छन्,‘को नोटमा लेखिएको थियो, ‘प्रचुर खुशी र हाम्रो मायाले भरिएको हृदयका साथ, हामी सबैलाई यो जानकारी गराउन पाउँदा खुसी छौं कि फेब्रुअरी १५ मा हामीले हाम्रो बच्चा अकाय र वामिकाको सानो भाइलाई यस संसारमा स्वागत गर्यौं । हामी हाम्रो जीवनको यो सुन्दर समयमा तपाईंको आशीर्वाद र शुभकामना चाहन्छौं। हामी तपाईंलाई यस समयमा हाम्रो गोपनीयताको सम्मान गर्न अनुरोध गर्दछौँ । प्रेम र कृतज्ञता, विराट र अनुष्का ।’

उनको स्टाटसमा वलिउडका हस्तीहरू रणवीर सिंह, वाणी कपूर र अन्य धेरै सेलिब्रेटीहरूले पोस्टको कमेन्ट सेक्सनमा नयाँ अभिभावकलाई बधाई दिएका छन् ।

Leave A Reply

Your email address will not be published.