सुचना, समाचार र मनोरन्जन

ऐतिहासिक चैत्राष्टमी मेला हुँदै

गलकोट /

ऐतिहासिक चैत्राष्टमी मेला आगामी चैत ३० गतेदेखि आयोजना गरिने भएको छ । चैत दसैँका अवसर पारेर बागलुङमा चैते दसैँ मेला आयोजना गर्न थालिएकोे छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले बागलुङ सदरमुकाममा आगामी चैत ३० देखि वैशाख ६ गतेसम्म कालिका मन्दिर परिसरमा मेलाको आयोजना गर्न लागेकोे हो ।

Protin

गण्डकी प्रदेशकै एक प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा यसपक चैत्राष्टमी मेला आयोजना गरिएको कालिका गुठी ब्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताए ।

‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन-स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ चैत्राष्टमी मेला आयोजना गर्न थालिएको हो ।

मेलाको अवसरमा कालिका कप खुला भलिबल प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला, बाल उद्यानलगायत कार्यक्रम समावेश गरिएको छ ।

बागलुङको सदरमुकाम बागलुङ बजारमा तीन सय वर्षदेखि आयोजना हुँदै आएको यो मेला यो वर्ष जिल्लामा क्रियाशील सङ्घसंस्था, स्थानीय तह, बैङ्क तथा वित्तीय संस्था, उद्योग व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाउन लागिएको हो ।

Leave A Reply

Your email address will not be published.