सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

त्रिकोणात्मक टी-२० सिरिज: उपाधिका लागि नेपाल र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं /

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाअन्तर्गत आज नेपाल र पपुवा न्यूगिनी उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। खेल बिहान ११:४५ बजे हङकङको मिसन रोड ग्राउन्डमा हुनेछ।

हिजो लिग चरणको अन्तिम खेलमा पीएनजीले हङकङलाई हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

IVF Big

पहिलो खेलमा नेपालसँग ८५ रनले पराजित पीएनजीले हङकङलाई १० विकेटले हराएको हो। हिजो नै भएको खेलमा पीएनजीविरुद्ध सानदार जित हात पार्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटिएको थियो।

पपुवा न्यूगिनीले दुई खेलमा दुई अंक जोडेको छ भने दुई खेल खेलेको नेपालले तीन अंक बनाएको छ। हङकङ समान खेलबाट एक अंकका साथ फाइनल पुग्नबाट बञ्चित भयो।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा कुशल भुर्तेल, बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन्।

Leave A Reply

Your email address will not be published.