सुचना, समाचार र मनोरन्जन

प्रतिनिधिसभा बैठक बस्दै, निजामती बिधेयक प्रस्तुत हुने

काठमाडौं /

प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

संसद सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा बिधेयक २०८०’ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि राख्ने बिरोधको सुचनालाइ निर्णयार्थ प्रस्तुत गरिनेछ।

Pach Pandav

त्यसपछि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा बिधेयक २०८०’ प्रस्तुत गर्नेछन्।

मन्त्री जोशीले नै ‘निर्माणमुखी सामाग्री {ब्यवस्थापन तथा नियमन} बिधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ।

साथै, आ.व. २०८१-२०८२ को लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा {कर प्रस्तावबाहेक} माथि छलफल प्रारम्भ गरिने महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.