सुचना, समाचार र मनोरन्जन

फिल्मसँगै ब्रान्डमा पनि नीतिको व्यस्तता : अब उनी ‘ब्राडफोड ग्लोबल इजुकेशनल कन्सलटेन्सी’को ब्रान्ड एम्बेसडर

काठमाडौं :

फिल्म ‘खजुरै ब्रो’मा अभिनय गरेसँगै अभिनेत्री नीति शाहको व्यस्तता बढेको छ। यो फिल्मसँगै ३ वटा फिल्म साइन गरिसकेकी नीति अब ब्रान्ड एम्बेसडर समेत बन्न थालेकी छन्।

आइतबार उनी ‘ब्राडफोड ग्लोबल इजुकेशनल कन्सलटेन्सी एप्लाई ग्लोबलको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी हुन्। अभिनेत्री शाह र कन्सलटेन्सीका निर्देशक पवन बिष्टले कागजी संझौतामा हस्ताक्षर गरेका छन्।

Pach Pandav

ब्रान्ड एम्बेसडर नियुक्त भएपछि खुशी व्यक्त गर्दै नीतिले भनिन्–‘ब्राडफोड, एप्लाई ग्लोबलले विगत १८ बर्षदेखि नेपाली विद्यार्थीहरुलाई विश्वका प्रसिद्ध शैक्षिक गन्तव्यमा जाँदा छात्रावृत्तीका लागि सहयोग गर्ने, काउन्सिलिङ गर्ने तथा उचित मुल्यमा इङ्लििस प्रोफिसेन्सी टेष्टहरु समेत गरिरहेको सुन्दा खुशी लाग्यो ।’

उनले थपिन्,‘यस्तो संस्थाको ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त हुन पाउँदा निकै खुशी लागेको छ ।’

नीति शाह यसअघि पनि थुप्रै ब्रान्डमा जोडिसकेकी छिन् । फिल्मको कुरा गर्नुपर्दा उनी अभिनित ‘खजुरे ब्रो’ वैशाखको २८ गतेबाट रिलिज हुँदैछ भने निर्देशक सविर श्रेष्ठको ‘रुखान’ फिल्म पनि साइन गरिसकेकी छन् । दिवाकर भट्टराइको निर्देशनमा बन्न लागेको फिल्ममा पनि उनी नायक राज कटुवालको जोडी बनेर देखिदैछिन् । यस फिल्मको नाम भने सार्वजनिक गरिएको छैन।

Leave A Reply

Your email address will not be published.