सुचना, समाचार र मनोरन्जन

पक्राउ परेका पूर्वसभामुख महरालाई काठमाडौं ल्याइयो

काठमाडौं /

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ।

रुपन्देहीको भैैरहवाबाट सोमबार पक्राउ परेका उनलाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

महरालाई सुन तस्करी प्रकरणमा पक्राउ गरिएको हो । सुन तस्करीबारे छानबिन गर्न पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित उच्चस्तरीय आयोगले महरालाई सुन तस्करीमा संलग्न भएको आरोपमा मुद्दा चलाउन सिफरिस गरेको थियो ।

Pach Pandav

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले सरकारलाई बुझाएको छानबिन प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । उच्चस्तरीय छानबिन आयोगले केही दिनअघि मात्र गृहमन्त्रीलाई यो प्रतिवेदन बुझाएको थियो ।

महरा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष हुन् । गृहमन्त्रीलाई प्रतिवेदन बुझाइएको भोलिपल्टै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रवि लामिछानेलाई भेटेर प्रतिवेदनले सिफरिस गरेका कारवाहीलाई कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन आयोगले महरासहित राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक झलकराम अधिकारीलाई समेत मुद्दा चलाउन सिफरिस गरेको थियो । आयोगले सिआइबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारवाही गर्न पनि सिफरिस गरेको थियो ।

महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल सुन तस्करीकै आरोपमा पहिलेदेखि नै पुर्पक्षका लागि थुनामा छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.