सुचना, समाचार र मनोरन्जन

कपिल शर्मासँग मेरो नजिकको सम्बन्ध छ : निर्देशक बस्नेत

काठमाडौं :

यहि चैत २३ गते रिलिज हुने फिल्म ‘बद्री बहादुर’को ट्रेलर रिलिज भएको छ। बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको यस फिल्मलाई बलिउड अभिनेता तथा चर्चित कमेडियन कपिल शर्माले प्रचार गर्ने वचन दिएका छन्। कार्यक्रममा निर्देशक बस्नेतले कपिल नेपालको माइती नेपालमा केहि काम पर्दा आफुले सहयोग गरेको हुँदा आफुबीचको सम्बन्ध राम्रो बनेको बताए।

Pach Pandav

सोही अनुसरा आफुले मुम्बईमा कपिल शर्मासँग भेट गरेको जानकारी दिए। निर्देशक बस्नेत केही दिन अघि मुम्बई गएका थिए । त्यहि क्रममा उनले कपिल शर्माको द कमेडी नाइटस विथ कपिल शर्मा शोको सेटमा पुगेको जानकारी दिएका छन्। सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा रहेको यस फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् ।

फिल्ममा विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा भीएफएक्स र सह निर्माता समिर मिया, सम्पादन बन्दे प्रसाद रहेको छ।। आरआर फिल्म्सले वितरण गर्ने फिल्मलाई काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो । फिल्मका सह निर्देशनमा रामजि राउत र ज्ञान कु कटेलले गरेका हुन

Leave A Reply

Your email address will not be published.