सुचना, समाचार र मनोरन्जन

वर्षा र प्रवीणले दिए ‘मोदीबेनी’को अन्तिम शट

काठमाडौं:

फिल्म ‘मोदीबेनी’को छायाङ्कन ३१ दिनको अन्तरालमा समाप्त भएको छ। बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायाङ्कन प्याक अप गरेका हुन् ।

दुई चरणमा भएको यो फिल्मको छायाङ्कन काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो । करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्ने निर्माण पक्षको दाबी छ।

Pach Pandav

अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले यस फिल्मबाट डेब्यु गरेका छन् भने अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गरेकी छन्। निर्देशक शङ्कर कोइरालाले पनि यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका छन्।

फिल्ममा अमर प्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ।डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन्।

अभिनेता दिलीप के.सी. निर्माता समेत रहेको यस फिल्ममा हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । यसमा उत्सव दाहालको डिओपी, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ ।

Leave A Reply

Your email address will not be published.