
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
- छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
- एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
- ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
- मौसमको चेतावनीपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
- ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा ‘गौैँथली’लाई ‘वेस्ट फरेन सिनेमा’को अवार्ड
- ‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक
- चाडपर्वका कारण रगतको चरम अभाव: रक्तदान गर्न रेडक्रसको आह्वान
‘माया बिरानी’पछि महेश काफ्लेको `चाइना जापान´
काठमाडौं :
गायक महेश काफ्लेको आवाजमा गीत `चाइना जापान´ सार्वजनिक गरिएको छ । गायक काफ्लेकै युट्युब च्यानल महेश एन्ड मोरबाट सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत गायक काफ्ले कै रहेको छ । माया, प्रेममा असफल युवाको कथा गीतमा व्यक्त गर्न खोजिएको छ ।

सुनिल शिव भक्तिको निर्देशन र सम्पादन रहेको भिडियोलाई मनिश नेपालले खिचेका हुन् । भिडियोमा महेश काफ्ले , जस्मिन दोङ , अनुज कार्की ,प्रमिता क्षेत्री, नोरीन गौतम र प्रजन पौडेलको अभिनय रहेको छ । गायक महेश काफ्लेको नाच फिरिरि, माया बिरानी, तातो गोली, लज्जावती झार लगायतका गीतहरू चर्चित छन् ।