सुचना, समाचार र मनोरन्जन

ऋचा शर्माको चाहाना रामबाबुसँग फिल्म खेल्ने

काठमाडौं :

‘फस्ट लभ’ फिल्ममार्फत अभिनेत्रीको भुमिका समाल्दै आएकी ऋचा शर्माका एक दर्जन फिल्म पुगिसकेका छन्। यतिका फिल्ममा काम गरेता पनि दर्शकले उनलाई कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को जजका रुपमा चिन्ने गरेका छन्।

त्यो पनि सिमित दर्शकले। मुख्य भुमिका र आफै लगानी समेत गरेर फिल्म निर्माणमा होमिएकी ऋचाका सफल फिल्म कमै होला । उनले पछिल्लो समय फिल्ममा काम गरेकी छैनन भन्दा फरक नपर्ला। यहि ३० गते रिलिज हुन लागेको फिल्म ‘डिग्री माइला’मा पाहुनको भुमिकामा अभिनय गरेकी छन्। त्यहि पाहुना रोल भएपनि काम गर्न पाएकोमा आफु खुशी रहेको उनले बताईन।

Chaka Panja

शुक्रबार काठमाडौंमा फिल्मको ट्रेलर कार्यक्रममा उपस्थित भएकी ऋचाले आफुलाई यस फिल्मका निर्देशक रामबाबु गुरुङको व्यानरमा काम गर्न इच्छा रहेको बताईन्।

‘एउटा सपना हुँदो रहेछ कलाकारको रामबाबु गुरुङसँग काम गर्न पाउँ भन्ने,’उनले भनिन्,‘तर इच्छा मरेको चाहि छैन। झन् इच्छा जागेर आएको छ।’

उनले फिल्म ‘न यता न उता’मा काम गरेकोपछि खासै फिल्ममा देखिएकी छैनन्। यति मात्र होइन। उनले निर्माण गरेका फिल्मले समेत असफल तुल्याएपछि उनी हिट फिल्मको खोजिका रहेकी छन्। त्यस कारण पनि उनको आशय रामबाबु गुरुङको फिल्ममा काम गर्ने रहेको बुझिन्छ। के ऋचालाई लिएर निर्माता तथा निर्देशक गुरुङले फिल्ममा अभिनय गराउलान् त? त्यो भने समय आएपछि नै थाहा हुनेछ। कि कसो ?

Leave A Reply

Your email address will not be published.