सुचना, समाचार र मनोरन्जन

एमाले कास्कीको अधिवेशन: सुनिल तिमिल्सेनाले जिल्ला कमिटि सदस्यमा उम्मेदवार दिने

पोखरा /

नेकपा (एमाले) कास्कीको अधिवेशनमा नयाँ नेतृत्व चयन गर्न मंगलबार मतदान हुँदैछ ।

अधिवेशनमा एमाले कास्कीका युवा नेता सुनिल तिमिल्सेनाले जिल्ला कमिटि सदस्यमा उम्मेदवार दिने भएका छन्।

हाल अनेरास्ववियु केन्द्रीय लेखा आयोगको अध्यक्ष समेत रहेका तिमिल्सेनाले सदस्यमा पदमा उम्मेदवार दिने भएका हुन् ।

“मेरो उम्मेदवारी युवाको भावना र आवजको प्रतिनिधित्वको लागि” भन्ने उद्घोषका साथ आफुले सदस्य पदमा उम्मेदवारी दिने उनले बताए ।

एमाले निकट संगठनको विभिन्न पदमा रहेर तिमिल्सेनाले काम गरेका छन्।

अधिवेशनबाट एमाले कास्कीमा १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछन्। अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधि छन्।

बिहान साढे आठ बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। दाबी, विरोधपछि दिउँसोबाट मतदान सुरू हुनेछ।

विद्युतीय मेसिनबाट मतदान गराउने गरी उपकरणहरू तयारी अवस्थामा राखिएको निर्वाचन कमिटीले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.