सुचना, समाचार र मनोरन्जन

सविरको ‘रुखान’मा आर्यनको इन्ट्री, नीतिसँग बाँधियो जोडी

काठमाडौं :

अभिनेत्री नीति शाहसँग फिल्म ‘रुखान’मा अभिनेता आर्यन अधिकारीले जोडी बाँध्ने पक्का भएको छ। सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा निर्माणपक्षले आर्यनलाई भित्राएको हो।

अब, फिल्मको पर्दामा पहिलो पटक आर्यन र नीतिले जोडी बाध्ने भएका छन् । फिल्मका निर्देशक सविरले कथामा सुहाउने भएपछि आर्यनलाई भित्राइएको जानकारी दिए । आर्यनले केही वर्षदेखि फिल्ममा काम गरिरहेका थिएनन् । यसैले, उनका लागि पनि यो फिल्म विशेष हुनेछ ।
यो फिल्मलाई ४ वटा भाषामा निर्माण गर्ने तयारीमा निर्माणपक्ष छ।

फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी, भोजपुरी भाषामा निर्माण गरिने निर्माणपक्षको भनाई छ । फिल्ममा कृष्ण थापा(अष्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहनेछ । डाक्टर रुपक घिमिरेको कथा रहेको फिल्मका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद छ ।

यो फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्म निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ । यो फिल्मले सिंगो देशको नागरिकहरुले विभिन्न समस्याबाट जुध्दै गर्ने संघर्षको कथालाई देखाउनेछ । फिल्मले मुख्यतया महिला संघर्षको कथा भन्नेछ ।

Leave A Reply

Your email address will not be published.