सुचना, समाचार र मनोरन्जन

‘वर एण्ड बधु’को दोस्रो सेड्यूलका लागि विवेकले बनाए शरीर, आँचलसँग रोमान्स गर्दै

काठमाडौं :

फिल्म ‘वर एण्ड बधु’को काम अगाडि बढ्ने भएको छ । ५० प्रतिशत छायांकन रोमानियामा भएपछि रोकिएको यो फिल्मको बाँकी छायांकन नेपालमै हुने भएको छ। फिल्मका निर्देशक मिलन चाम्सले फिल्मका बाँकी सिन चैत्रको तेस्रो साताबाट छायांकन नेपालमा सुरु हुने बताएका छन्।

Pach Pandav

रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो फिल्ममा बधुको भूमिकामा नायिका आँचल शर्माले काम गरिरहेकी छन् । फिल्ममा वरको भूमिकामा भने नव–नायक विवेक कर्माचार्यले अभिनय गरिरहेका छन्। फिल्मको दोस्रो सेड्यूलका लागि नायक विवेक कर्माचार्यले आफ्नो शरीर समेत बनाएका छन् । निर्माणपक्षले उपलब्ध गराएको विवेकको नयाँ तस्वीरमा उनको शरीर सुगठित देखिन्छ ।

कथाको माग अनुसार नै विवेकले शरीर बनाएको निर्देशक चाम्सले बताए। यो फिल्ममा सुदिप बरालको छायांकन छ। डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको यो फिल्मलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । यो फिल्मले विवाहको संकृतिलाई पर्दामा देखाउने निर्माणपक्षले बताएको छ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन छायांकन सकिएपछि रिलिज मिति पनि तय गर्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.