सुचना, समाचार र मनोरन्जन

५० वर्षको अन्तरालमा पुन गुञ्जियो लाबहादुर तिर्थकुमारीको ‘ढुङगे बगर’

काठमाडौं :

वरिष्ठ लोक गायक, संकलक तथा सर्जक लाल बहादुर खाती र वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापाले ५० वर्ष अघिको गीतलाई पुन रेकर्ड गरिएको छ। ‘ढुङ्गे बगर माया ढुङ्गे बगर’ ५० वर्षको अन्तरालमा पुन रेडियो नेपालमा रेकर्ड भएर श्रोताहरु माझ आएको छ।

लोकगीतलाई यसका सर्जक, वरिष्ठ लोक गायक तथा संकलक स्वर्गीय लाल बहादुर खाती प्रति समर्पित गर्दै गायिका थापाले आफ्नो स्वरमा गीतलाई रिमेक बनाएर स्रोताझ ल्याएकी हुन्। रिमेक भर्सनमा गायिका तीर्थ कुमारी थापालाई युगल गायनमा उनकै छोरा गायक सुरज कुमार थापाले साथ दिएका छन्। पुनः संगीत संयोजनमा रेडियो नेपालको रेकर्डिङ स्टुडियोमा श्रव्य दृश्यको छायाँकन गरिएको छ।

शम्भु कुमार तण्डुकारको रेकर्डिङ तथा मिक्सिङ, किरण कँडेलको मास्टरिङ गीतको भिडियोमा निश्चल श्रेष्ठको छायाँकन, महेश्वर श्रेष्ठको डिओपी ,र बिजु कर्माचार्यको सम्पादन र निर्देशन रहेको छ। भिडियोलाई तुलसी भक्त कन्स्ट्रक्सन प्रा.लि.ले निर्माण गरेको हो। चर्चित डिजिटल प्लेटफर्मको हरुमा साथ साथै सुरज कुमार थाापाको नाम रहेको अफिसियल युट्युब च्यानलमा यसको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

Leave A Reply

Your email address will not be published.