सुचना, समाचार र मनोरन्जन

यस्तो बन्यो ‘मीराः स्याडो अफ अ रेन्बो’को पोस्टर

काठमाडौं:

फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’का दुई वटा पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार फिल्मको पोस्टर सार्वजनिक गरेको हो।

पोस्टरले एक बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथालाई भन्न खोजेको छ।

निर्माण टिमका अनुसार फिल्ममा अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा रहेको छ। पोस्टरमा प्रयोग गरिएको रङ्ग संयोजनले पनि फिल्मकै थिमलाई चित्रित गरेको निर्देशक अनिता पण्डित बताउँछिन्।

लेखक तथा कलाकार समेत रहेकी पण्डितले फिल्ममा अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणलाई फिल्मले समेटेको बताईन।

उनले भनिन्,‘नेपाली चलचित्र उद्योगमा एक प्रकारको जोस सहित फिल्मबाट समाज परिवर्तनको लागि सामाजिक मुद्दाहरूको वकालत गर्ने मेरो उद्देश्य छ।’

उनका अनुसार यो फिल्मको ट्रेलर केही दिनमा रिलिज हुने छ भने केही लक्षित दर्शकहरूलाई विशेष प्रिमियर शोहरूको आयोजना गरिने छ। फिल्मको प्रदर्शन मिति समय हेरेर मात्रै गरिने समेत उनको भनाई छ। फिल्ममा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ। आश्वि फिल्मसले यो फिल्म निर्माण गरेको हो।

Leave A Reply

Your email address will not be published.