काठमाडौं :
भदौ २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पेन्सन पट्टा’ले ५१ औँ दिन मनाएको छ। फिल्मले ५१ औँ दिन पार गर्दा निर्माण पक्ष उत्साहित देखिएका छन्। साथै निर्देशक तथा अभिनेता माओत्से गुरुङले सामाजिक सञ्जालमार्फत नै दर्शकलाई धन्यवाद दिएका छन्।

मौलिक संगीत, सांस्कृतिक प्रस्तुति र जीवन्त दृश्यहरूले भरिएको यस फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई,माया गुरुङ, विश्वास गुरुङ र लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बनेको यस फिल्मको कथा तथा निर्देशन स्वयं माओत्से गुरुङले गरेका हुन्। सुशन प्रजापतिको छायांकन,नेमिश श्रेष्ठको सम्पादन रहेको यस फिल्म भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गरेका छन्। यस फिल्मको लगानी मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङको छ।