सुचना, समाचार र मनोरन्जन

रेश्माको ‘भैलेनी देउसीरे’गीतको भिडियो रिलिज

काठमाडौं :

नेपाली मौलिक कला, संस्कृति र परम्परालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित तयार पारिएको नयाँ सांगीतिक प्रस्तुति ‘भैलेनी देउसीरे’ सार्वजनिक भएको छ। नमस्ते वायरलेस र ब्लस हाउस को प्रस्तुतिमा तयार भएको उक्त गीतमा सार्वजनिक गरिएको हो।

Pach Pandav

गीतमा गायिका रेश्मा सुनुवारको स्वर रहेको छ भने गीतका शब्द तथा संगीत पनि स्वयं रेश्मा सुनुवारकै छ। गीतको एरेन्ज तथा मिक्सिङ मास्टर पुष्कर सुनुवारले गरेका छन् भने मेलोडी नेपाल स्टुडियोमा गीत तयार गरिएको गायिका सुनुवारले जानकारी दिइन्।

गीतको भिडियोमा बिना राउत र तालिशा गुरुङको अभिनय रहेको छ। गीतको कोरियोग्राफी नितिन वाइबा, निर्देशनमा नीरेन श्रेष्ठ,कुबेर तामाङ र छायांकन तथा सम्पादनमा मोहन सुनुवार रहेका छन्। पोस्ट प्रोडक्सन मेलोडी नेपाल प्रोडक्सनले गरेको हो। आरएमडी टक्सको सहयोग रहेको यस सांगीतिक प्रस्तुतिले नेपाली मौलिक भैली तथा देउसी संस्कृतिलाई नयाँ पुस्तामाझ पुर्‍याउने अपेक्षा गरिएको  गीत स्पोटिफाई, युट्युब म्युजिक, टिकटक, आइट्यून्स, सावन, अमेजन म्युजिक लगायत विभिन्न डिजिटल प्लेटफर्महरूमा उपलब्ध हुनेछ ।

Leave A Reply

Your email address will not be published.