सुचना, समाचार र मनोरन्जन

‘चिरञ्जीवी भवः’ को पोस्टरमा गम्भीर हरिवंश, खुसी आशीर्वाद र प्रशंसा

काठमाडौं :

आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चिरञ्जीवी भवः’को दुई पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले शनिबार पहिलो झलक स्वरूप दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।

एउटा पोस्टरमा फिल्मका मुख्य तीन पात्र हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी छन्। अर्कोमा एउटा पोस्टरमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी छन्। हरिवंश गम्भीर मुद्रामा देखिँदा आशीर्वाद र प्रशंसा हाँसिरहेका छन्।

क्याजुअल लुक्समा रहेका आशीर्वाद कसैलाई हेरेर हाँसिरहेका छन्। बुट्टे चोली र सारीमा रहेकी प्रशंसा पनि क्याजुअल शैलीमा गज्जवले हाँसिरहेकी छन्। शीर छड्के पारेकी उनको अनुहारमा आइपुगेको दुई फुर्का कपालले उनको चंगा मनलाई संकेत गरिरहेको छ।

Pach Pandav

पोस्टरको केन्द्रमा छन्,सुकिलो मुहारमा रहेका पोस्टर साइजका हरिवंश । सेतै फूलेको कपाल र जुँगा, नयाँ ढाका टोपी र चिल्लो गोरो अनुहारले उनलाई खानदानी परिवारको घरमुली रहेको प्रस्ट पारेको छ। पृष्ठभूमीको मन्दिर र टाइटलको पृष्ठभूमीमा रहेको खामले समय र धार्मिक आस्थालाई देखाउने प्रयास गरेको छ।

अर्को पोस्टरमा छन्, हरिवंश र आशीर्वाद। यसमा हरिवंश आशीर्वादलाई आशीर्वाद दिइरहेका छन्। उस्तै क्याजुअल पहिरनमा रहेका आशीर्वादलाई सुकिलो दौरा सुरुवाल र ज्वारीकोटमा रहेका रवाफिला हरिवंश आशीर्वादलाई आशीर्वाद दिइरहेका छन्। यो पोस्टरले फिल्मको नामलाई बोक्ने प्रयास गरेको छ। अथवा आशीर्वाद दिँदा ‘चिरञ्जीवी भवः’ भनिरहेको जस्तो लाग्छ। उनीहरू बुवा र छोराको भूमिकामा रहेको अनुमान पोस्टरबाट लगाउन सकिन्छ। फिल्ममा हरिवंश आचार्य ‘चिरञ्जीवी बाजे’को क्यारेक्टरमा देखिँदैछन्।

दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको यस फिल्ममा कुमार कट्टेलको कथा रहेको छ। कुमार कट्टेल र निर्देशक आचार्यले निर्माण गरेको यस फिल्ममा हरिवंश,आशीर्वाद र मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीसँगै करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिश निरौला,गीता अधिकारी, सुस्मिता कुँवरलगायतले अभिनय गरेका छन्।

सविन अधिकारी र वसन्त न्यौपाने लेखेको यस फिल्ममा उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको छन्। यस फिल्ममा अभिनेता गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन्। निर्देशक दीपक आचार्य आफैँले यस फिल्मको गीतसमेत लेखेका छन् भने अन्यमा हर्क साउद,रञ्जित गजमेरको पनि गीत सुन्न सकिनेछ। साथै फिल्ममा गीतमा संगीत बाबु गिरी, सुशान्त गौतम, निरन्जन थापा र समीर खरेलको संगीतको छ। फिल्मलाई शिबराम श्रेष्ठले खिचेका हुन् भने सम्पादन मित्र डि गुरुङको छ।

गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन्। रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन् भने सहायक निर्देशकहरूमा सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल छन्। यसअघि निर्देशक आचार्यले निर्देशन गरेको ब्लकबस्टर फिल्म ‘परान’ वर्षकै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने फिल्म बनेको थियो।

Leave A Reply

Your email address will not be published.