सुचना, समाचार र मनोरन्जन

पानी तर्काउने ड्रेन प्रणाली पुरानो हुँदा त्रिवि रंगशाला जलमग्न, खेल प्रभावित

कीर्तिपुर,

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालालाई गत वर्ष प्यारापिटसहित स्तरोन्नती गरिएपनि मैदानमा परेको पानी तर्काउने ड्रेन पुरानै भएका कारण मैदान र वरीपरीको भाग समेत जलमग्न हुन पुगेको छ ।

शुक्रबारदेखि भइरहेको वर्षाका कारण मैदानमा प्यारापिट तर्फबाट बगेको पानी समेत छिरेपछि आजका लागि तय भएका खेलहरु प्रभावित हुन भएका छन् ।

गत वर्ष त्रिवि क्रिकेट मैदानलाई रंगशालालाई स्तरोन्ती गर्दै १० हजार दर्शक अटाउने प्यारापिट बनाइएको थियो । यसअन्तर्गत मैदान वरपरको करिब आधा भागमा प्यारापिट बनेपनि सम्पूर्ण संरचना बन्न सरकारले बनाएको गुरु योजना लागू हुनुपर्ने देखिएको छ । यसो हुननसक्दा प्यारापिटबाट बगेर आएको पानी मैदानतर्फ नै पसेको हुनसक्ने रंगशाला निर्माणमा संलग्न शहरी विकास विभागका पूर्वसहसचिव चक्रवर्ती कण्ठ बताउँछन् ।

‘त्यहाँ जम्मा हुने सबै पानी तत्काल बगाउन मैदान वरीपरी ठूलो क्षमताको ड्रेन प्रणाली बनाउनुपर्छ । जुन गुरु योजना लागू भएपछि मात्र सम्भव छ’, उनले भने ।

दोस्रो चरणमा रंगशालाको प्यारापिटलाई थप १५ हजार दर्शक क्षमतामा बृद्धि गर्ने र त्यसै अनुसारका अन्य भौतिक पूर्वाधार थप्दै जाने उल्लेख छ । आधा नयाँ संरचनामा र आधार पुरानै संरचनामा चल्नुपर्दा अहिलेका वर्षाको पानी व्यस्थापनमा समस्या देखिएको पनि उनी बताउँछन् ।

हालको ड्रेन प्रणाली नेशनल प्रिमियर लिगको पहिलो संस्करण अघि नै तयार भएको थियो । २०५६ सालसम्म त्रिविको आन्तरिक खेलकुद रंगशालाको रुपमा रहेका त्रिवि मैदानलाई भारतको जि–स्पोर्टससमेतको सहयोगमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा परिणत गर्न कार्य थालनी गरिएको थियो ।

Pach Pandav

लामो समयसम्म ड्रेसिङ रुमका केही संरचना, मैदान र पिचको व्यवस्था गरिएको रंगशालमा एनपीएलको पहिलो संस्करणसम्म दर्शकले जमिनमै बसेर क्रिकेट हेर्नुपर्ने अवस्था थियो ।

नेपालीहरुको बढदो क्रिकेट मोहका कारण तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार बन्नसाथ एकसय दिनभित्र सक्ने उद्घोषसहित प्यारापिट र रातीसमेत खेल सञ्चालन गर्न सक्नेगरी फ्लडलाइट जडान गरिएको थियो ।

त्यसपछिको बाँकी काम करिब १० अर्ब रुपैयाँको गुरुयोजना अन्तर्गत गर्ने र आधुनिक क्रिकेट रंगशालामा हुनुपर्ने सबै भौतिकपुर्वाधार सम्पन्न बनाउने काम भने बाँकी छ ।

नयाँ बनेको प्यारापिटबाट बगेर आउने पानीका कारण मैदानतर्फ बढी पानी प्रवाह भएको हो । रंगशाला त्रिविको होचो जमिनमा बनेका कारण पनि त्रिविका अन्य स्थानमा परेको पानी पनि रंगशाला नजिकै आइपुग्छ ।

नेपाल क्रिकेट संघ ९क्यान० का उपाध्यक्ष रोशन सिंहका अनुसार मैदान र बाहिरको क्षेत्र समेत पानीमा डुबेको छ । मैदान र पीचलाई पालले छोपेर जोगाइए पनि वरीपरिबाट आएको पानी जम्मा भएका कारण पानी रोकिए पनि आज९शनिबार० र भोलि९आइतबार०को खेल सञ्चालन गर्न कठिनाइ हुने देखिएको छ ।

क्यानले प्रकाशित गरेको तालिका अनुसार आज अपरान्ह १२ः३० चितवन राइनोज र लुम्बिनी लाइन्स बीच खेल तय भएको छ । त्यस्तै साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।

क्यानका बोर्ड सदस्य एवं एनपिएल प्रतियोगिता निर्देशक धिरेन्द्र साउदका अनुसार सोचेभन्दा बढी नै पानी परेकोले कटाउन मैदान वरपर व्यवस्था गरिएका ड्रेन समेत भरिएको अवस्था छ ।

‘पानी रोकियो भने त एक घन्टामा खेलका लागि मैदान तयार गराउन सकिन्छ’, उनको भनाई थियो । पहिलो खेल नसकिए पनि दोस्रो खेल खेलाउन सकिने अपेक्षा क्यानको रहेको पनि उनले बताए ।

Leave A Reply

Your email address will not be published.