सुचना, समाचार र मनोरन्जन

‘बद्री बहादुर’ नचलेको खण्डमा सन्यास लिन्छन् त जयकिशन बस्नेत ?

काठमाडौं :

यहि चैत ३०गते रिलिज हुने फिल्म ‘बद्री बहादुर’का मुख्य अभिनेता जयकिशन बस्नेतले यो फिल्म नचले खन्यास लिने घोषणा गरेका छन्। मोवाइल टिभी युटुबका सञ्चालक समेत रहेका अभिनेता बस्नेतले बुधबार पत्रकारसँगको कुराकानीमा शो घोषणा गरेका हुन्।

उनले भने,‘जबसम्म म घाटामा जान्नँ तबसम्म फिल्म बनाइराख्छु भन्थेँ । ‘धूम ४’बाट पहिलोपटक घाटा लाग्यो । त्यसपछि मैले फिल्म बनाएको छैन। आज म के घोषणा गर्छु भने यदि ‘बद्री बहादुर’ चलेन भने कलाकारिताबाट सन्यास लिन्छु ।’

उनले फिल्म रिलिजको २ दिनसम्मको अवस्थालाई हेर्ने र फिल्म नचलेन भने सन्यान दिने दाबी गरे।

Pach Pandav

उनी भन्छन्,‘म रिलिजको दुई दिनसम्म हेर्छु । त्यो दुई दिन फिल्म चलेन भने म सन्यास लिन्छु ।’

पत्रकारसँगको कुराकानीमा हौसिएका उनले आफुलाई दर्शकले कमेडि भुमिकामा नै रुचाउने दाबी गर्दै यो फिल्म चल्नेमा उनले विश्वास व्यक्त गरे।

‘कमेडी, एक्सन, रोदन सबै छ यो फिल्ममा अहिले देशमा हरेक मानिस दुःखी छन्। यो फिल्म कमेडी भएकाले दर्शकलाई केही समय भए पनि त्यसबाट मुक्त गराउँछ भन्नेमा म पूर्ण विश्वस्त छु,’उनले भने।

उनी पछिल्लो उट्पट्याङ अभिव्यक्तिले आलोचनाका कारण बढि चर्चामा आउने गरेका छन्। यो फिल्मलाई शोभित बस्नेतले निर्देशन गरेका छन्। जयकिशनकै दाई रहेको शोभित पनि आफैं पनि विशेष भूमिकामा अभिनय गरेका छन्। फिल्ममा जयकिशनका अलवा धिरेन शाक्य, उत्तम केसी, एलिना गुरुङ, छुल्ठिम गुरुङ लगायतको पनि अभिनय रहेको छ। फिल्ममा समावेश एउटा गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन्।

Leave A Reply

Your email address will not be published.