काठमाडौं :
गायिका समिक्षा अधिकारीको व्यस्तता झन् झन् बढ्दो अवस्थामा छ। उनका एकपछि अर्को हिट गीतहरु सांगितिक बजारमा आइरहेका छन्। उनी लोक आधुनिक तथा फिल्मी शैलीका गीतहरुमा आवाज भरिरहेकी छन्। यो प्याटनको मात्रै गीत गाउछु भन्ने उनको बानी छैन। हरेक प्याटनका गीत गाएकी समिक्षालाई यतिबेला स्टेज कार्यक्रममा पनि भ्याइँ नभ्याई छ।
उनले स्वदेशका अधिकांश कार्यक्रम सकेर यतिबेला उनी जापान पुगेकी छन्। केहि वर्ष अघिसम्म मेलिना राई,अन्जु पन्त,आस्था राउतको स्टेज कार्यक्रममा व्यस्तता बढेको थियो। अहिले समिक्षा अधिकारीको हातमा आइपुगेको छ। वि.स.२०८० सालमा अधिकांश उनले गाएका गीतहरु हिट बनेका थिए। उनका समकालिन गायिकाहरु रचना रिमाल,एलिना चौहान,अस्मिता अधिकारी,वेनिशा पौडेलको भन्दा बढि व्यस्तता समिक्षाको बढेको देखिन्छ।
उनी सांगितिक क्षेत्रमा आउदाको अधिकांश गायिकाहरु साइड लागि सके भन्दा फरक पर्दैन। अनेक विवादकाबीच उनी दरिलो गायिकाको रुपमा आफुलाई सावित गरिरहेकी छन्। अझ भनौँ उनी एकपछि अर्को सांगीतिक हिट कोसेली स्रोतामाझ पस्किरहेकी छन्।
त्यसैले होला पछिल्लो समय उनलाई स्टेज कार्यक्रममा आफ्नो सांगितिक प्रस्तुती दिन दौडधुप छ। उनी स्वदेश तथा विदेशमा हुने अधिकांश आयोजकको रोजाईमा पर्र्दै आएकी छन्। उनी यहि सिलसिलामा यतिबेला सोमबार जापान उडेकी छन्। उनी चैत्राष्टमी बागलुङ्गे मेलामा आफ्नो सांगितिक प्रस्तुती दिनका लागि जापान पुगेको समिक्षाले जानकारी दिएकी छन्। उनले त्यहाँ रहेका नेपालीसामु पर्सि अर्थात ६ गते आफ्नो चर्चित गीतहरु सुनाएर मनोरञ्जन गराउनेछिन्।
गीत रेकर्ड र स्टेज कार्यक्रममा उतिकै मात्रामा जमेकी समिक्षाले छोटो समयमा नै उचाई लिएकी हुुन्। संगीतकार वसन्त सापकोटाले फिल्म ‘नाईँ नभन्नु ल ५’को ‘वालापनको उमेर’ बोलको गीत गाउने अवसर दिएपछि उनको चर्चा चुलिएको हो।
उनको पहिलो गीत रेकर्डपछि धमाधम संगीतकर्मीको रोजाईमा उनी परेकी थिइन्। यहि दौडानमा उनले ४ सय भन्दा बढि गीतमा आफ्नो स्वर भरिसकेकी छन्। फिल्ममा गीतमा पछिल्लो समय समिक्षाकै आवाज भरिने गरेका छन्। यहि वैशाख १४ गते रिलिज हुने फिल्म ‘बोक्सी’को घरमा समावेश गीत ‘बुझिन मैले’ चर्चामा रहेको छ।