सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

जनप्रियमा वक्तृत्वकला, स्वागत र विदाई

पोखरा /

पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसमा वक्तृत्वकला, स्वागत र विदाई कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षाशास्त्र सङ्कायद्वारा आयोजित उक्त कार्यक्रमको पहिलो चरणमा शिक्षाशास्त्र सङ्काय चौँथो वर्षका विद्यार्थीहरूद्वारा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा अमृत काफ्ले प्रथम भएका थिए । यसैगरी द्वितीय, तृतीय र सान्त्वना क्रमश: प्रतिभा विक, सुस्मिता अधिकारी र विन्दु पौडेल भएका थिए ।

IVF Big

विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै सहायक क्याम्पस प्रमुख मेखराज पौडेलले जनप्रिय क्याम्पसले नियमित पठनपाठनका अतिरिक्त सहकार्यकलापलाई पनि महत्व दिएको जनाए । प्रतियोगिता कार्यक्रमको सहजीकरण विद्यार्थी परशुराम वरुण र अध्यक्षता विद्यार्थी शर्मिला गिरीले गरेकी थिइन ।

कार्यक्रमको दोस्रो चरणमा स्नातक प्रथम वर्षका विद्यार्थीलाई स्वागत र चौँथो वर्षका विद्यार्थीलाई विदाई गरिएको थियो । विद्यार्थीहरू अनिता, मनिता, सिर्जना, रुपा, दिपा, विपासा र इसुले साँस्कृतिक नृत्य प्रस्तुति गरेका थिए भने दुर्गा पौडेल र परशुराम बरुणले स्नातक पढ्दाका आफ्ना मिठा र जीवन्त अनुभव सुनाएका थिए ।

प्राध्यापकहरू डा.नवराज न्यौपाने, डा. पितृराज वास्तोला, वेदहरि तिमिल्सिना, कृष्णप्रसाद त्रिपाठी, गोपालप्रसाद बराल, चेतबहादुर पोखरेल, गणेश चालिसे, विश्वराज अधिकारीलगायतले विद्यार्थीलाई स्वागत र शुभकामना मन्तव्य दिँदै शिक्षाशास्त्र सङ्कायका विद्यार्थीको जिम्मेवारी, जनप्रिय क्याम्पसले अपनाउनुपर्ने शैक्षिक रणनीति, शिक्षालाई समाजसँग जोड्न सक्ने पाठ्यक्रम निर्माणलगायत विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका उपप्राध्यापक गोविन्दप्रसाद गैरेले यस प्रकारका कार्यक्रमको आयोजनाबाट विद्यार्थीलाई आफ्नो कर्मक्षेत्रमा जाँदा आवश्यक पर्ने ज्ञान, सिप सिक्न सजिलो पर्ने धारणा राखे । दोस्रो चरणको कार्यक्रमको सहजीकरण गरेका उपप्राध्यापक विष्णुप्रसाद शर्माले विद्यार्थीमा हुने सिर्जनात्मक क्षमताले नै उनीहरूलाई समाजमा सम्मानित बन्न सहयोग पुग्ने तथ्यमा दिए । कार्यक्रममा शिक्षाशास्त्र सङ्कायका १ सय १५ जना विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.