सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

कमाइको १० प्रतिशत आफ्ना बाबुआमाका लागि लगानी गर्नुपर्छ: मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बाबुआमाका लागि खर्च गर्नुपर्ने बताएकी छन् ।

सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो । अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाबा आमाका लागि खर्च गर्नुपर्छु, उनले भनिन्। ज्येष्ठ नागरिकको सुरक्षाका निम्ति यो काम गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताइन् । सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको सुरुआत गर्नुपर्ने भन्दै उनले बिस्तारै सबै क्षेत्रमा सुरु हुने विश्वास व्यक्त गरिन् ।

IVF Big

त्यस्तै अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा पनि यो काम अनिवार्य हुन जरुरी रहेको बताइन् । त्यस्तै कतिपय अपाङ्गता भएका व्यक्तिहरूको अवस्था एकदमै दयनीय रहेको भन्दै उनले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा उसको परिवार पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताइन् ।

यसैबिच त्यस अवसरमा चौधरीले आफ्नो निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विपन्न वर्गका परिवारलाई झुल वितरण गरिन् ।

Leave A Reply

Your email address will not be published.