सुचना, समाचार र मनोरन्जन

गजलकार प्रकट पंगेनी भेन्टिलेटरमा, उपचारका लागि आर्थिक सहयोगको अपील

पोखरा /

चर्चित गजलकार प्रकट पंगेनी गम्भीर बिरामी भएर हस्पिटल भर्ना भएका छन् । सोमबार स्वास्थ्यमा आएपछि उनलाई मणिपाल अस्पतालमा भर्ना गरिएको छ ।

भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको उनका परिवारले जनाएका छन् । ७० वर्षीय गजलकार प्रकटको अवस्था गम्भिर रहेको तथा जन्डिस, निमोनिया, मुत्र थैली फुटेर समस्या भएको बताइन्छ ।

प्रकटको उपचारमा आर्थिक अभाव भएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले पंगेनीको उपचारको लागि सहयोग अपिल गरेको छ ।

परिवारका अध्यक्ष उपेन्द्र पौडेलले सामाजिक सञ्जालमा एउटा अपील पोष्ट गर्दै सहयोगको याचना गरेका छन् । उनको उपचारका लागि सहयोग जुटाउन कोष स्थापना गरिएको छ ।

एनएमबी बैंकमा खोलिएको सो कोषमा पोखरेली युुवा साँस्कृतिक परिवारले २५ हजार रुपैया जम्मा गरेको उल्लेख गर्दै पौडेलले सहयोगी मनहरुलाई स्वेच्छिक आर्थिक सहयोगका लागि आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.