काठमाडौँ :
अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच ९ वर्षको अन्तरालमा फेरि सहकार्य गर्ने भएका छन्। उनीहरु मंगलबार पुरानो दुश्मनी छाडेर नयाँ सहकार्य गर्न लागेका हुन्।
निर्माण पक्षका अनुसार फिल्म पारिवारिक कथामा निर्माण हुन लागेको । सुदर्शन र प्रदीपबिच फिल्म ‘प्रेम गीत’पछिको पहिलो सहयर्का हुन लागेको हो। ९ वर्ष अघि निर्माण भएको यो फिल्मबाट दुवैजना अलग भएका थिए।
उनीहरुबीच यहि फिल्मबाट मनमुटाब भएको थियो। तर के विषयमा भएको हो उनीहरु दुवैले जानकारी दिएका भने छैनन्। यहि फिल्मबाट प्रदीप रातारात स्टार भएका थिए। सुदर्शनसँग सम्बन्ध बिग्एिपछि प्रदीप दिनेश राउत र सन्तोष सेनसँग नजिक भएका थिए।
अब भन्ने नयाँ फिल्मलाई निर्देशक सुदर्शन थापाले छायांकनमा जान लागेको फिल्म ‘रावायण’पछि निर्माण थाल्ने बताइएको छ। यता प्रदीप भने पछिल्लो समय ‘पुजार सार्की’ र ‘पिताम्बर’मा व्यस्त हुनेछ भने ‘एक्टर’ र ‘ऐरी’ को छायांकनको यकिन भएको छन्।