सुचना, समाचार र मनोरन्जन

पल र पूजाले थाले जनकपुरबाट ‘रावायण’ को छायांकन

काठमाडौं :

निर्देशक सुदर्शन थापाको महत्वकांक्षी प्रोजेक्ट फिल्म ‘रावायण’ को सुटिङ थालेका छन्। उनीहरुले सोमबार जनकपुरको जानकी मन्दिरमा पुजा अर्चना गर्दै छायांकन सुरु गरेका हुन्।

फिल्मका मुख्य कलाकार पूजा शर्मा,पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे फिल्मको छायांकन थालिएको निर्माण पक्षले जानकारी दिएको हो। सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्मका निर्मातामा सुदर्शन र पूजा हुन् । फिल्म यसै वर्षको भदौ २१ गते तिजको दिनबाट प्रदर्शनमा आउने छ।

फिल्ममा पल, पूजा र प्रमोद संगै प्रियंका कार्की, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकार हरुको अभिनय रहनेछ । फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन,भीएफएक्स समिर मिया, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफि, श्री श्रेष्ठको एक्सन रहने छ । फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको हो ।

फिल्म वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफ.डी कम्पनीले गर्ने छ भने डिजिटल पार्टनर को रुपमा ओ.एस.आर डिजीटल रहेको छ। पूजा अभिनित पछिल्लो फिल्म ‘दान्भी’ प्रदर्शनको तयारीमा रहेको छ । त्यस्तै पल शाह अभिनित फिल्म ‘पुजार सार्की’पनि प्रदर्शनको तयारी भइरहेको छ।

Leave A Reply

Your email address will not be published.