सुचना, समाचार र मनोरन्जन

पुर्व राजाको क्यरिकेचर गरेपछि धादिङका प्रेमको चर्चा,गरे दुरुस्तै गेटअप

काठमाडौं :

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’सातौं स्थानको प्रतिस्पर्धा रहेका प्रेम विश्वकर्माको चर्चा चुलिरहेको छ। बिहीबारको एपिसोडमा धादिङबाट आएका प्रतिस्पर्धी प्रेम विश्वकर्माले पुर्वराजा ज्ञानेन्द्र शाहको हुलिया सहित क्यरिकेचर गरेपछि उनको चर्चा चलेको हो।

पूर्वराजा ज्ञानेन्द्र शाहको हुलिया र संवादको नक्कल गर्दै जजदेखि दलका नेताहरुलाई व्यंग्य गरेपछि दर्शकले उनको प्रस्तुती रुचाएका छन्।
दुबोको माला, ढाकाटोपी र सुटमा सजिएका उनले जज सन्तोष पन्तदेखि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्मको उछितो काढेपछि दर्शकले उनको प्रस्तुती मन पराएका थिए।

Pach Pandav

उनी भन्छन्,‘म फर्किएँ। अलि अगाडि नै फर्किन्थें होला, ज्योतिष गतिलो परेनछ। अहिले भण्डारी (निर्देशक विशाल भण्डारी)ले सातमा फर्काउनुभयो । मलाई सात भनेपछि डर लाग्छ । सात भनेको सात दल हो कि दिल्ली सम्झौता ।’

उनको प्रस्तुतीले सबैलाई हसाउनु हँसायो। उनले थपे,‘म बाहिरिएपछि धेरैले गुनासो गर्नुभयो– तपाईं फर्किनुपर्छ भनेर । जनताले चाहेर मात्र नहुने, बाहिरको शक्ति पनि चाहिने रहेछ।’

हिजोको गेष्ट बनेर कमेडी शोमा पुगेकी अभिनेत्री मिरुना मगरले प्रेमको प्रस्तुतिमा आफूले ‘इन्जोय’ गरेको बताइन् । ‘एउटा ठाउँमा उभिएर यति धेरै दर्शकलाई हँसाउनु कठिन हो,’ उनले भनिन्, ‘यति मजाले सन्देश दिनुभयो ।’

धादिङका प्रेम डिजिटल अडिसनबाट अन्तिम ३० मा छनोट भएका थिए।

Leave A Reply

Your email address will not be published.