नेपालले वेस्ट इण्डिज ए विरूद्ध सहज जित निकालेको छ। अन्तिम खेलमा वेस्ट इण्डिज ए ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो।
१८ औं ओभरमा कुशल मल्लले ५ बलमै २२ रन हानेपछि नेपाल विजयी भएको हो। कुशल मल्लले एक छक्का र ४ चौका प्रहार गरेका थिए। यससँगै वेस्ट इण्डिजले ३-२ले सिरिज आफ्नो पक्षमा पारेको छ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।