सुचना, समाचार र मनोरन्जन

‘हिरामण्डः द डायमण्ड बजार’का मनिषा भन्दा अघि रेखालाई आएको थियो अफर

एजेन्सी :

बलिउडमा यतिबेला सञ्जय लीला भन्साली निर्देशति वेब सिरिज ‘हिरामण्डः द डायमण्ड बजार’को चर्चा छ। नेटफ्लिक्समा रिलिज भइरहेको यो सिरिजलाई लिएर संसारभर चर्चा भइरहेको हो।

यो सिरिजको भन्दा पनि यसमा भुमिका निर्वाह गरेकी नेपालकी चेली मनिषा कोइरालाको हो। मल्लिका जानको भूमिकामा अभिनय गरेकी अभिनेत्री मनीषा कोइरालाको अभिनयले चर्चा बटुलिरहेकी हुन्। मनिषाले मिडियालाई अन्तरवार्ताका क्रममा आफूलाई भन्दा अगाडि यो भूमिका अरु कसैलाई प्रस्ताव गरिएको थियो । तर उनले केही कारणले यो भूमिका नगरेपछि आफुले पाएको बताएकी छन्।

उनका अनुसार मल्लिका जानको भूमिका अभिनेत्री रेखालाई अफर भएको थियो । तर उनले अस्वीकार गरेकी थिइन्। उनले १८–२० वर्षअघि यो भूमिका आफूलाई अफर भएको रेखा स्वयम्ले फोन गरेर भनेको मनिषाले अन्तरबार्तामा भनेकी छन्।

उनले भनेकी छन्,‘वेब सिरिज हेरेपछि उनले मलाई फोन गरेकी थिइन् । यदि मैले यो भूमिका गरिन भने तिमीले गरे पनि हुने भनेर मैले प्रार्थना गरिरहेको थिँए । मेरो प्रार्थना पूरा भयो । तपाईंले गज्जबको काम गरेकी छौं । तिमीले चरित्रलाई जीवन्त बनाइदियौ ।

रेखाजस्तो अभिनेत्रीको आशीर्वाद पाउनु आफ्नो लागि ठुलो कुरा भएको मनीषाको तर्क छ। रेखाबाट प्रशंसा पाएपछि आफ्नो आँखा रसाएको बताउँदै मनिषाले आफुलाई नरुवाउन आग्रह गरेको भनाई राखेकी छन्।

अन्तरबार्तामा भनेकी छन्,‘तपाईँले मलाई रुवाउँदै हुनुहुन्छ भनेर मैले उनलाई भनेको थिएँ । म रेखाको ठुलो फ्यान हुँ र उनलाई धेरै माया गर्छु ।’

यस ‘हीरामण्डः द डायमण्ड बजार’मा मनीषाका अलवा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख, शर्मिन सहगल, फरिदा जलाल, शेखर सुमन, अध्ययन सुमन जस्ता कलाकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

Leave A Reply

Your email address will not be published.