सुचना, समाचार र मनोरन्जन

फिल्म ‘मनसरा’मा समावेश गीत ‘एक तार मनको’ रिलिज

काठमाडौं :

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’को नयाँ गीत रिलिज गरिएको छ। निर्माण टिमले फिल्ममा समावेश गीत ‘एक तार मनको’ बोलको सार्वजनिक गरेको हो। गीतमा हर्क साउदको शब्द रचना छ भने सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रविण खतिवडा र बाल कलाकार नेनाहाङ राईले अभिनय गरेका छन्। उनीहरुबीचको निकटतालाई भिडियोमार्फत देखाइएको छ ।

Pach Pandav

यस फिल्ममा नेनाहाङले अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको छोराको भूमिकामा अभिनय गरेका छन्। कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय यस फिल्ममा प्रविण,मिरुना र दयाहाङका अलवा मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, विप्लव प्रतीक,जीवन बराल, लोकमणी सापकोटा लगायतको पनि अभिनय रहेको छ। फिल्मलाई छायाँकार शैलेन्द्र ध्वज कार्कीले लगानी गरेका हुन्।

फिल्मको व्यापारको कुरा गर्ने हो भने दुई दिन (शुक्रबार र शनिबार) सुखद व्यापार गरेको छ। तर उनीहरुको यो त्यो अपेक्षाकृत भने थिएन। निर्देशक सुब्बाको पहिला फिल्म ‘जारी’ अघिल्लो वर्षको सुपुरहिट फिल्म बनेको थियो।

Leave A Reply

Your email address will not be published.