सुचना, समाचार र मनोरन्जन

के जुम्लामा ज्योति मगरलाई दर्शकले लखेटेका हुन्?

काठमाडौं :

गायिका ज्योति मगरले आफ्नो प्रस्तुती दिन जुम्ला पुगेको बेला लखेटिएको भन्ने कुरा बाहिर आएपछि स्पष्ट पारेकी छन्। उनले आफ्नो कार्यक्रममा केहि युवाहरुको जमातले हो हल्ला गरेपछि बच्चा तथा महिलाहरु च्यापिन थालेपछि प्रहरीले लाठीचार्ज गरेको बताएकी छन्।

उनले आफुमाथी ढुङ्गा प्रहार नभएको जानकारी दिदै १० हजार दर्शकको भिडमा आफुलाई कसैले ढुङ्गा हानेको भए सहने प्रतिक्रिया दिएकी छन्।

उनले आफुलाई लखेटेको भनेर भ्रामक समाचार तयार पारेको र भिडियोहरु सेयर गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रवंक्ता ज्ञानेन्द्र शाहीका भक्तहरु भएको उल्लेख गरेकी छन्।

Pach Pandav

उनी लेख्छिन्,‘अहिले आइरहेको समाचार मेरा हिटरहरुले फैल्याइरहेको भ्रम हो । उनीहरुले अरु त केही गर्न सक्दैँन भ्रम फैलाउने र भ्रम मै रमाउने हुन बिचरा हरु । अहिले धेरै जनाको स्टाटस र भिडियो क्लिप शेर गरिरहेको, कतिपयको प्रोफाइल हेरेको,कोही कोही आरिस गर्ने कलाकार र आरिस गर्ने सो समाज्सेवी देखे।’

उनी थप्छिन्,‘काही कोही चाही उहीँ बिचरा ग्यानेन्द्र शाहीजीका भक्तहरु । बाँकी थाहा नपाउने इनोसेन्ट पिपुल जोले जे भने नि होला कि भनेर बिस्वास गर्ने हरु हुन्।’

आफुलाई १० हजारको माझमा टिकक काटेर हेर्न आउनेहरुले ढुङ्गामुडा नगर्ने उनको तर्क छ।

उनले अगाडि भनेकी छन्,‘ भाको केहो भने १० हजार भन्दाबढीको मासको उपस्थिती थियो। मैले गीत गाउँदै गर्दा दर्शकहरु नाच्न र झुम्न थाल्नुभयो। यसैक्रममा त्यहाँ भएका साना साना बच्चा र महिलाहरु च्यपिन थालेपछि प्रहरीहरु भिडमा घुसेर रोक्न खोज्दै लाठीचार्ज गर्नु भयो । नाच्न नपाएपछि केटाहरुले प्रहरीलाई ढुङा हान्न थाले र एक्छिन माहोल बिग्रेको हो। करिब आधा घन्टा म्युजिक अफ गरेपछि फेरि माहोल साम्य भयो र बाँकी गीत गाएर कार्यक्रम सकाइयो,भाको यो हो।’

Leave A Reply

Your email address will not be published.