सुचना, समाचार र मनोरन्जन

गायक रवि ओड प्रहरी नियन्त्रणमा

धनगढी /

नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन्। वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा उनले आत्मसर्मपण गरेका हुन्।

Pach Pandav

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओड बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीकाअनुसार उनलाई जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको छ। ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन्।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। उनी नेपाल आइडल सिजन २ का विजेता हुन्।

Leave A Reply

Your email address will not be published.