सुचना, समाचार र मनोरन्जन

बबिताले दिइन् ‘मायाको प्रमाण’

काठमाडौं :

बबिता श्रेष्ठ ‘मलेकु’ निर्देशित पछिल्लो भिडियो ‘मायाको प्रमाण’ सार्वजनिक भएको छ । हालै उनले निर्देशन गरेको यो भिडियो रिलिज भएको हो।
राजन बिकको शब्द रचना रहेको गीतमा, संगीत महेन्द्र भण्डारीको छ भने अर्जुन कुँवर र निर्मला नेपालीले गाएका छन्। गीतमा मायाप्रेमको विषयमा चर्चा गरिएको छ। एक अर्काले मायाको प्रमाण दिन आग्रह गरेका छन्। माया प्रेमबीचको प्रमाण जुटाउन लागि परेका छन् भिडियोमा दिपेन्द्रराज गीरी, निर्मला नेपाली, निर्मल भण्डारी ।
उत्तम हुमगाईंले खिचेको भिडियोलाई सम्पादन कल्पेश बिश्वकर्माले गरेका छन्। सयौ म्युजिक भिडियो निर्देशन गरेकी बबिताले पछिल्लो समय फरक स्वाद पस्किने कोसिस गरेकी छन्। उनी नेपाल म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष समेत हुन्।

Pach Pandav
Leave A Reply

Your email address will not be published.