सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

पोखरा कलेज अफ म्यानेजमेन्टमा पहिलो पटक ‘पिसीएम फेस्टिवल’

पोखरा /

पोखरा नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसीएम) मा पिसीएम फेस्टिवल सम्पन्न भएको छ ।

पढाई सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले कलेजले यो कार्यक्रम आयोजना गरेको आयोजक पिसीएम स्टुडेन्ट क्लबले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठले कलेका सबै विद्यार्थीहरुको मिलनसँगसँगै उनीहरुको प्रतिभा पहिचान र प्रदर्शनीका लागि यो कार्यक्रम फलदायी रहेको बताइन् ।

IVF Big

‘कार्यक्रमको मुख्य उद्देश्य भनेको विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फूटन र सबै सेमेस्टरमा भएका विद्यार्थीको मिलन पनि हो ।’ – प्राचार्य श्रेष्ठले भनिन्– ‘स्पोर्टस् मीट बाहेक अरु कार्यक्रमले विद्यार्थीहरुलाई मिलन गराउन नसकिरहँदा यो अर्को मीठो अवसर बनेको छ ।’

हरेक बर्ष तालिका नै बनाएर ५ वटा विशेष कार्यक्रम गर्दै आएको पिसीएममा यो वर्षदेखि पिसीएम फेस्टिवल पनि थपिएको छ । यस कार्यक्रममा विद्यार्थीले आर्ट्स, स्टल म्यानेजमेन्ट लगायत गायन तथा नृत्य प्रस्तुति गरेको क्लबका अध्यक्ष मिलन कँडेलले जानकारी दिए ।

औपचारिक कार्यक्रम पछि व्यान्ड र डिजेले आफ्नो प्रस्तुति राखेका थिए । आर्ट प्रतियोगितामा सविना सुनार सर्वोत्कृष्ट भइन् । शौरभ लामिछाने द्वितीय, ऋसुता हमाल तृतीय तथा स्वणिम शाक्य र एसिका गुरूङतृतीय भए । विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको सञ्चालन एञ्जिला सुवेदी र सम्राट गुरूङले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.