सुचना, समाचार र मनोरन्जन

फिल्म ‘सतीदेवी’को टिजर : महिला महतमाथी यति ठुलो पिडा

काठमाडौं :

फिल्म ‘सतीदेवी’को पहिलो दोस्रो पोस्टर सार्वजनिक हुँदा उत्साहित नभएका दर्शक टिजरमा उत्साहित देखिएका छन्। छोराको खोजिमा रहेका श्रीमानले छोरी छोरी जन्मिएपछि छोरी र श्रीमतीमाथीको अभद्र व्यवहारलाई मार्मिक दंगबाट प्रस्तुत गरिएको छ।

Pach Pandav

दिलासा क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्मको शीर्ष भूमिकामा नायिका मलिका महत रहेकी छन्। आमाले बुबाको पिटाई र अनेक गालीले बाँचिरहेको बेला विद्रोह गरेकी मलिकालाई गाउँलले जुत्ताको माला लगाएर गाउँ निकाला गर्छन्। यसैको वरिपरी घुमेको फिलमको कथामा छोरीको महत्वलाई दर्साइएको छ ।

रंगपत्रकार,लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको निर्देशनमा बनेको यो फिल्ममा श्रीदेवी सुवेदी र विशाल सुवेदीको लगानी छ । फिल्ममा मलिकाका अलवा, हर्षिका वाली, मन्जिला बानियाँ,सन्दीपबाबु लोहनी, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोला सापकोटा, श्रृजना अधिकारी, सुजिता सिवाकोटी लगायतको मुख्य भुमिका रहेको छ।

बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुभाष भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफीको काम देख्न सकिन्छ भने यो फिल्मलाई साउनको ४ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ । विभिन्न महोत्सवमा पुरस्कृत हुँदै आएको सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्मललाई दर्शकले मन पराउनेमा निर्देशक सुवेदीको विश्वास छ। उनी फिल्मको टिजरबाट दर्शकले दिएको प्रतिक्रियाबाट निकै उत्साहित समेत बनेका छन्।

Leave A Reply

Your email address will not be published.