सुचना, समाचार र मनोरन्जन

आँचल शर्मा जेरीः अन टपमा अनुबन्धित

काठमाडौं :

अभिनेत्री आँचल शर्मा फिल्म ‘जेरीः अन टपमा अनुबन्धित भएकी छन्। शुक्रबार अभिनेत्री शर्मासँग निर्माणपक्ष कागजी संझौता भएको हो। अभिनेत्री शर्माको जोडीको रुपमा अभिनेता अनमोल केसी हुनेछन्।

Pach Pandav

योसँगै फिल्मका मुख्य कलाकारहरूको लाइनअप पनि पुरा भएको निर्माण पक्षले जानकारी दिएको छ । यस अघि निर्माण टिमले फिल्मका लागि अभिनेत्री आना शर्मा पनि फाइनल गरिसकेको छ। फिल्ममा अनुबन्धित भइसकेपछि अभिनेत्री शर्माले फिल्मको कथावस्तु पढेपछि यो फिल्ममा आफू काम गर्न उत्साहित भएको बताइन्।

फिल्मका निर्माता सरोज न्यौपानेले कथाको माग अनुसार नै फिल्ममा आँचललाई अनुबन्धित गरेको जानकारी दिए। उनका अनुसार यो फिल्मलाई ‘फर्की फर्की’ निर्देशन गरिसकेका सुयोग गुरुङले निर्देशन गर्दैछन्।

असारको पहिलो हप्ताबाट छायांकनमा जाने तयारी रहेको यस फिल्मका क्रियटिभ निर्माता रोहित अधिकारी हुन्। लुक्ला, मुस्ताङ र काठमाडौंमा फिल्मको छायांकन हुने निर्माण पक्षको भनाई छ ।अनन्या फिल्मस् र भण्डारी मल्टिट्रेडको ब्यानरमा यो फिल्म निर्माण हुनेछ । फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन।

Leave A Reply

Your email address will not be published.