काठमाडौं :
साहित्यकार रत्न कुमार इङ्नामको कृती ‘श्री गुरु भुवानन्द ब्रम्हचारी’ लोकार्पण भएको छ। शुक्रबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा पुर्व प्रमुख जिल्ला अधिकारी भगिराज इङनाम,ज्योतिषविद डा. चन्द्र कुमार शेर्मा, प्रज्ञा परिषद सदस्य चेतन सापकोटा लगायतले सामुहिक रुपमा लोकार्पण गरेका हुन्।
‘श्री गुरु भुवानन्द ब्रम्हचारी’ पुस्तकको बारेमा बोल्दै अतिथिहरुले गुरु भुवानन्द ब्रम्हचारीको समाज र समुदायको उन्नतिको निम्ति उनले गरेको त्याग ज्ञान प्राप्तिको बारेमा चर्चा गरेका थिए। अथितिहरुले गुरु भुवानन्द ब्रम्हचारी सिक्किम भुटान लगायत बिभिन्न स्थानमा भ्रमण गर्नुको साथै सबै लाइ चेतना र सन्देश दिनुभएको थियो भन्दै घर्मले जहिले पनि समाज लाइ सकारात्मक दिशा तर्फ लैजान्छ भनेर आ–आफ्नो धारणा राखेका थिए। ्साहित्यकार रत्न कुमार इङ्नामको यो तेस्रो पुस्तक हो ।
लेखकले अन्त्यमा आफ्नो भनाइ राख्ने क्रममा पुस्तक लेखनको समयमा भएको अनुभव ‘श्री गुरु भुवानन्द ब्रम्हचारी’को महिमा र उनको योगदानको चर्चाको साथै समय सापेक्ष केहि कविताहरु पनि सुनाए। अब चाँडै अर्को पुस्तक पाठक माझ लिएर आउने जानकारी पनि दिएका थिए भने कार्यक्रमको अध्यक्षता लेखक स्वयम रहेका थिए।
कार्यक्रम संयोजक तथा चलचित्र निर्देशक उदय सुब्बाले गरेका थिए भने उक्त कार्यक्रमको प्रमुख अतिथि मदन पुरस्कार बिजेता भगिराज इङनाम रहेका थिए। विशेष अतिथि ज्योतिषविद डा. चन्द्र कुमार शेर्मा युवा नेता रमेश लिङदेन,अतिथिहरुमा प्रज्ञा परिषद सदस्य चेतन सापकोटा इन्द्र बहादुर चोङबाङ चलचित्र निर्माता संघको सचिव किसान पोखरेल, मिक्तोक इङनाम लगायत थिए।