सुचना, समाचार र मनोरन्जन

हार्दिक र नताशाबिच सम्बन्धविच्छेदको चर्चा

मुम्बई :

सेलिब्रेटीको सम्बन्धविच्छेद हुनुलाई नौलो मानिदैन। तर उनीहरुको चर्चा भने सम्बन्ध जोडिदा र छुटिदा दुवैमा हुन्छ। यतिबेला भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्याकी पत्नी नताशा स्टान्कोभिकको विच्छेदको कुराले चर्चा पाएको छ।

न्ताशाले आफ्नो इन्स्टाग्रामबाट पाण्ड्या थर हटाएपछि चर्चाको विषय बनेको हो। त्यस कारण अहिले उनीहरुको सम्बन्धविच्छेदको अड्कलबाजी भइरहेको छ। उनीहरुबीच छुटिएको हो होइन आधिकारिक रुपमा सार्वजनिक नभएता पनि चर्चा भने राम्रै भएको छ। आईपीएलबाट पूरै गायब भएकी नताशा मुम्बईको कुनै पनि खेलमा चियर गर्न स्टेडियम समेत पुगेकी छैनन्।

एक पत्रकारले उनलाई सम्बन्धविच्छेद भएको हो भनेर सोधेका थिए। तर नताशाले आक्रोशित हुँदै भनिन्,‘धेरै धेरै धन्यवाद’ भन्दै जवाफ फर्काएकी छन्।उनीहरुको विवाह ३१ मे २०२० मा भएको थियो। नताशा स्टानकोविचको जन्म ४ मार्च १९९२ मा सर्बियामा भएको थियो । बलिउडमा उनको पहिलो फिल्म सत्याग्रह थियो। यसबाहेक उनी बिग बोस ८ र नच बलिए ९ मा पनि प्रतियोगीका रूपमा देखिएकी थिइन।

Leave A Reply

Your email address will not be published.