सुचना, समाचार र मनोरन्जन

प्रदर्शनरत फिल्म ‘लण्डन टू पेरिस’को ‘हतारले’ बोलको गीत रिलिज

काठमाडौं :

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लण्डन टु पेरिस’ अर्को गीत रिलिज भएको छ। निर्माण पक्षले फिल्ममा समावेश गीत ‘हतार’युटुबमार्फत सार्वजनिक गरेको हो।

केहि फिल्मकर्मीहरुले फिल्म प्रदर्शन भइरहेको अवस्थामा फिल्ममा समावेश गीतहरु रिलिज गर्ने प्रचलन रहेको छ। सोही अनुसार यस निर्माण पक्षले पनि फिल्ममा समावेश गीत ‘हतार’रिलिज गरेको हो।

Pach Pandav

यो गीतले फिल्मको हाइप निर्माणमा भूमिका खेल्न सफल भएको देखिन्छ। गीतमा नव–अभिनेता निश्चल खड्का र अभिनेत्री रुष्मा थापाबीचको प्रेम भावलाई प्रस्तुत गरिएको छ। प्छिल्लो समय निकै चर्चामा रहेका निर्देशक घनश्याम लामिछाने निर्देशित यस फिल्मको गीतमासलिन मगरको शब्द, संगीत र स्वर रहेको छ। गीतमा अभिनेता कबीर खड्का र अभिनेत्री गरिमा शर्माबीचको प्रेमभाव पनि प्रकट भएको देख्न सकिन्छ ।

प्रदीप भारद्वाजको लेखन रहेको यस फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको निर्माण पक्ष्को भनाई छ। तर कति भयो अहिलेसम्म् सार्वजनिक गरेका भने छैनन्। यहि फिल्मबाट डेब्यु गरेका निश्चलले यतिबेला वाहवाही बटुलेका छन्। यस फिल्मका लगानीकर्ता अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत र परी राना रहेका छन्।

Leave A Reply

Your email address will not be published.