काठमाडौं ;
फिल्म ‘दान्भी’बाट एक्सन अभिनेत्रीको छवि बनाउन लागि परेकी छन् पूजा शर्मा । ‘लभर गर्ल’को भुमिकामा आफुलाई प्रस्तुत गर्दै उनी दान्भीबाट उनी एक्सन अभिनेत्रीमा स्थापित गर्ने होडमा छिन्। फिल्म ‘प्रेमगीत’।‘म यस्तो गीत गाउँछु’लगायतमा लभर अभिनेत्रीको रुपमा परिचित भएकी थिइन्। पहिलोपटक एक्सन प्रधान फिल्ममा काम गरेकी उनले आफुलाई चुनौतीका रुपमा समेत लिएकी छन्।
बुधबार यसै फिल्मको ललितपुरमा पत्रकार सम्मेलन गरिएको थियो। उक्त पत्रकार सम्मेलनमा एक्सन मुभिमा काम थर्न निकै गाह्रो भएको अनुभव सुनाईन्।
‘मलाई यो फिल्ममा काम गर्न एकदमै गाह्रो भयो।’उनले पुराना कुरा सुनाउँदै भनिन्,‘मैले अहिलेसम्म गरेका फिल्ममध्ये सबैभन्दा गाह्रो र मेहनत गरेको फिल्म यही नै हो।’

आँटिली अभिनेत्रीका रुपमा उनी आफुलाई स्थापित गर्न चाहान्छिन्। त्यसैले होला उनी ‘दान्भी’लाई आफूले काम गर्दा ‘रिक्स’ मोलेको लिएर काम गरेको फिल्म मान्छिन्।
‘यसमा मैले ‘रिक्स’ नै लिएको हुँ । मैले कहिल्यै एक्सन गरेको थिइनँ । यो जनरामा काम पनि गरेको थिइनँ,’उनी भन्छिन्,‘लभस्टोरी मात्र गरिरहेकाले नयाँ अनुभव हुन्छ भनेर ‘दान्भी’ गरेको हुँ ।’
उनले केहि वर्षअघिसम्म रेखा थापाले महिला केन्द्रित एक्सन फिल्म बनाउने दावी गर्दै अहिले त्यस्तो अभिनेत्री कमै आएको उनको भनाई थियो।
उनले थपिन्,‘पहिला रेखा थापाको एक्सनको चर्चा हुन्थ्यो । अचेल महिला पात्रले एक्सन गरेको फिल्म कमै आइरहेको छ । यसैले दर्शकहरुलाई फिल्म नयाँ लाग्छ भन्नेमा विश्वस्त छु।’
आगामी असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा रुपेश तामाङको निर्देशन रहेको छ। फिल्मका मुख्य कलाकारमा किरण श्रेष्ठ,कुन्साङ बम्जन लगायत रहेका छन्। ट्रेलरमा उनलाई ‘लेडी टाइगर’को उपाधि पनि दिइएको छ। अहिले त्यही उपाधिको चर्चा हुँदै आएको छ।