सुचना, समाचार र मनोरन्जन

राजु गिरीको फिल्ममा जीतुको इन्ट्री

काठमाडौं :

फिल्म ‘ज्वाइँ साब’को छायांकनमा व्यस्त रहेका कलाकार जीतु नेपाल अर्को फिल्ममा पनि अनुबन्ध भएको अनुमान गरिइको छ। मकवानपुरको चित्लाङमा छायांकन भइरहेको बेला जीतु नेपाल र निर्देशक राजु गिरीबीच भेटघाट भएको छ।

Pach Pandav

उनीहरुबीच नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ मा कामगर्ने सम्झौतामा पुगेको देखिन्छ। किनभने जीतु नेपालको हातमा ‘डल्लेले इन्ट्री मार्यो’नामक फिल्मको स्क्रिप्ट देखिन्छ। सोही क्रममा निर्देशक गिरीका अवला अर्का एक व्यक्तीसँगै उभिएका छन्। त्यसैले पनि जीतु नेपाल अहिले चलिरहेको फिल्म ‘ज्वाइँ साब’पछि यो फिल्ममा व्यस्त हुनेछन्।

हुन त केहि दिन अघिनै जीतुले राजुको फिल्म साइन गरेको चर्चा चलेको थियो। तर आधिकारिक रुपमा भने जानकार थिएन। बुधबार निर्माण पक्षले जीतुसँगको फोटो सार्वजनिक गरेपछि फिल्ममा काम गर्ने करिव पक्का भएको बुझिन्छ। जीतुले यस अघि फिल्म ‘ह्यारी कि प्यारी’मा काम गरेका थिए। जुन फिल्म रिलिज भइसकेको छ।

Leave A Reply

Your email address will not be published.